सानै देखि लगनशील र दयालु स्वभावका रेवती रमण राई को जन्म बि.स. २०२२ साल असार ६ गते भोजपुरको दिल्पा नागी खोडटाड भन्ने स्थानमा भएको हो । वुवा श्री वहादुर राई र माता दिल कुमारी राईको कोखवाट जन्म भएका राई सन्तान मध्ये साईला छोरा हुन । २०५६ सालमा सुजाता राई संग वैवाहिक जीवन विताउदै आएका राईको दुई सन्तान रहेकाछन ।आफनै गाउको सारदा प्रावि भोेजपुर दिल्पा वाट प्रारम्भीक शिक्षा लिएका राईले अन्नपुर्ण माध्यमिक विधालयवाट बि.स. २०४१ सालमा एसएलसी पास गरेका थिए । गाँउ घरको दुखसास्ती पुर्ण जीवनलाई देखेर देशमा सामाजिक आर्थिक परीवर्तन हुनु पर्छ र यो कम्युनिष्ट आन्दोलन वाट मात्र सम्भव छ भन्ने लागेर राई बि.स.२०३५ ३६ सालको विधार्थी आन्दोलनमा लाग्नु भई राजनीतिक जीवनमा प्रवेश गरेका थिए ।
पार्टिका ईमान्दार सिपाही
साँदा जीवन उच्च विचार लाई सधै आत्मासाथ गर्ने रेवती रमणले बि.स.२०४९ सालमा पार्टि सदस्यता प्राप्त गरेका थिए । पार्टिको निर्देशनलाई शिरोपरी ठान्ने रेवतीलाई पार्टिले धेरै जिम्मेवारी दिन थाल्यो । विधार्थी सगठनवाट आएको हुनाले शुरुमा पार्टिले उनलाई बि.स. २०३९ साल तिर डिल्पा नाभी ६ भोजपुरको अध्ययन मण्डलको अध्यक्ष वनाए । त्यस पछि डिल्पा अन्नपुर्ण मावि भोजपुरको अनेरास्ववियु पाचौको प्रारम्भीक कमिटिको सचिव( २०३७) भएका थिए । यसै गरी एस वाई एल पार्टि सदस्य एरीया कमिटिको सचिव (२०४० ४१ ) एसवाईएल कै एरिया कमिटी काठमाण्डौको सचिव २०४५) भए । त्रिचन्द्र कलेज क्याम्पस प्याक एरिया ग्रुप सदस्य )२०४६) सह प्रा,क,को उपाध्यक्ष सुनसरी (२०४२) हुदै अनेरास्ववियु काठमाण्डौ जिल्ला कमिटीको सदस्य (२०४७)अनेरास्ववियु धरान नगर कमिटिको उपाध्यक्ष सम्म भएर विधार्थी संगठनलाई हांकेका थिए । त्रिचन्द्र कलेजमा अध्ययन गर्दा उनी अनेरास्ववियु पाचौ र नेपाल प्रगतिशील विधार्थी संघ युनियन विधार्थी फेडेरेशन एकिकरण भए पछि काठमाण्डौ जिल्ला सम्मेलन आयोजक कमिटि (२०४८) को सदस्य भएर काम गरेका थिए ।
विदेशमा पनि पार्टीको काम
नेपालमा अध्ययन सकेर केहि वर्षको लागी आर्थिक उपार्जन गर्न रेवती रमण दक्षिण कोरीया पुगेका थिए । झण्डै ६ वर्ष सम्म काम गरेर विताएको समयमा पनि उनले पार्टिको काम लाई भने जारी नै राखेको थिए । २०५१ देखि २०५६ साल सम्म नेकपा एमाले दक्षिण कोरिया पार्टि कमिटि का सचिव थिए । यसै गरी विदेशमा वस्ने मजदुरहरुको संगठन जिफन्ट दक्षिण कोरियाका सचिव (२०५३ ०५६) भएर काम गरे । पिपुल भोलेन्टयर्स सुनसरी जिल्ला कमिटिको सदस्य (२०५७),नेकपा एमाले मजदुर इलाका कमिटि सुनसरीको सदस्य उपसचिव (२०५७ २०६५) भएर पनि पार्टिमा सकृय रहे । यसै गरी विदेश वाट फर्किए पछी पनि उनको राजनीतिक यात्रा निरन्तर रहयो ।उनलाई पार्टिले २०६६ सालमा नेकपा एमाले १ नं निर्वाचन क्षेत्रीय कमिटिको सचिव वनायो । २०७६ भने नेकपा एमाले सुनसरी जिल्ला कमिटि सदस्य समेत भएका थिए । यता आफनो व्यवसायिक पेशागत संगठन नेपाल सडक व्यापार श्रमिक संघको उनी सस्थापक केन्द्रिय सदस्य (२०६४)भए । पार्टिको जातिय संस्था नेपाल लोकतान्त्रिक किरांत राई संघका केन्द्रीय सदस्य पनि भए ।
यसरी पार्टि भित्र एक ईमान्दार, कर्तव्यनिष्ट कार्यकर्ता भई रहेकै वेला २०७८ सालमा आफनै पार्टिका अध्यक्ष केपी शर्मा ओलीले देशको संविधानलाई समेत मास्ने हिसावले प्रतिनिधी सभा विघठन गरी आफनै दुई तिहाईको सरकार गिरायो तव देखि राईको मन साहै दुख्यो । अव उनले यस्ता संविधान विरोधीको पछि लागेर हुदैन भनेर पार्टिकै अर्का शिर्ष नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाले ले खोल्नु भएको नेकपा एकिकृत समाजवादि पार्टिमा आवद्ध भए । पार्टिले उनलाई विगतको राम्रो छवि र कृयाशिलतालाई हेरेर धरान उपमहानगर पालिका कमिटिको अध्यक्ष पदको जिम्मेवारी दिए । शुन्यवाट शुरु भएको पार्टिलाई धरानमा विस्तार गर्ने चुनौतिलाई झेल्दै २०७८को स्थानिय निर्वाचनमा पार्टिलाई सहभागि गराए । निर्वाचनमा पार्टिलाई अपेक्षित परीणाम दिन नसकेता पनि जनमानसमा पार्टिलाई परीचित गराउन भने सफल भएका छन ।
सानै देखि सामाजिक सेवा गर्नु भने पछि मरीमेटेर लाग्ने रेवत अहिले पनि झण्र्डै एक दर्जन सामाजिक संघ संस्थामा आवद्ध भई विभिन्न जिम्मेवारी लिएर काम गरी रहेका छन । नेकपा एमालेमा हुदा सचिवालयमा संगै काम गरेका कमरेड कृपा नाथ श्रेष्ठ भन्छन “रेवत ज्यादै मिलनसार मान्छे । पार्टिले दिएरको कामलाई कुनै मोलमोलाई नगरी फत्ते गर्ने, त्यसैले हामी साथी भाईहरु वीच निकै मायालु थिए । रेवत रमण राईले आफनो जातीय उत्थानको लागी पनि त्यतिकै मरीमेटेर लाग्ने गरेका छन ।
हाल उनी किरात राई यायोक्खा प्रा क स १८ सचिव, सुनसरी जिल्ला कार्य समितिका उप सचिव, देवी थान संरक्षण तथा व्यवस्थापन समितिका धरान १८का सचिव, उपाध्यक्ष हुदै हाल अध्यक्ष रहेका छन । किरांत राई वान्तवा रुछेतुड केन्द्रिय अध्यक्ष रहेका छन भने किरांत राई वान्तवा भाषा तथा संस्कृति उत्थान प्रतिष्ठानका केन्द्रिय महा सचिव, भोजपुर सुनसरी समाजका अध्यक्ष भई सकेका छन । वातावरण क्षेत्रको विकाश लागी उनले सप्तरंगी पार्क धरान १७ मा स्थापना भएको जैविक विविधता पार्कको व्यवस्थापन समितिमा पनि उपाध्यक्ष भएर खुव खटिनु भएको थियो । नेपाल रेडक्रस सोसाईटि धोपा उपशाखा समितिको सदस्य भएर पनि समाजसेवा गर्न अहोरात्र खटिएका छन । आफनो पहाडको गाउका गरीव, मेधावी विधार्थी हरु पढन वाट वन्चीत नहोस भन्ने उद्धेश्यले आफना स्व मातापिता तथा वाजे को नाममा लाखौ रकमको झण्डै आधा दर्जन जति छात्रावृति अक्षय कोषहरु स्थापना गरी दिएका छन ।
धरानमा पानीको दिर्धकालिन समाधान हुने
रेवतीको यहि समाजसेवा गर्ने भावना र शालिन तौरतरीका र जुझारुपनलाई मध्ये नजर गर्दै यस पटक नेकपा एकिकृत समाजवादी पार्टिले सुनसरी क्षेत्र नं १ (२) वाट प्रदेश सभा सदस्यको लागी कलम चुनाव चिन्हमा वाहक उम्मेदवार वनाएर मैदानमा पठाएको छ । “राजनीति जनताको सेवाको लागी गर्नु पर्छ नकि आफनो लागी । अनि वलिदानी संधर्ष गरेर व्यवस्था परीवर्तन गरी ल्याएको लोकतन्त्रलाई वचाउन पनि आजको मुख्य कर्तव्य हो् भन्ने रेवत राई लोकतन्त्र विरोधी शतिmलाई परास्त गर्दै देशको समग्र विकाश र सुशासन कायम राख्न पनि आफुलाई भोट दिन मतदाता समक्ष घरघर पुगिरहेका छन । उनले धरानको खानेपानी समस्यालाई दिर्धकालिन समाधान गर्न सकिने आफु संग अचुक सुत्र रहेको वताउछन ।
भिजन र मिसन भ ए गर्ने नसकिने केहि पनि छैन भन्ने विचारका रेवतले आफुलाई यस निर्वाचनमा विजय गराए पनि नगराए पनि धरान देखि भरौल, वक्लौरी जस्ता तराईका गाउहरु सग जोडने सडक निर्माण मा लागि पर्ने वताउन । यसै गरी यस क्षेत्रमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकाश गर्न सडक संजाललाई जोडने र आन्तरीक र वाह्य पर्यटकहरु भित्रयाउने गुरु योजना थाल्ने आफनो योजना भएको वताए । ठाउ, हावापानी अनुसारको कृषीवाली लगाउन यहाका कृषकहरुलाई प्रोत्साहन स्वरुप कृषी अनुदान, तालिम दिने
व्यवस्थ ागर्ने आफनो मुल काम हुने वताउछन ।
यसै गरी युवाहरुलाई रोजगारको व्यवस्था मिलाई विदेश पलायन हुन वाट रोक्नुको साथै लागुपदार्थ दुव्र्यसनको दलदलवाट पनि वचाउने आफनो सपना ,योजना भएको राई वताउछन । यस क्षेत्रमा गर्नु पर्ने अन्य धेरेै योजनाहरु छन जो आफनो पार्टिको र वाम लोकतान्त्रीक गठवन्धनकोे धोषणापत्रहरुमा पनि उल्लेख छन । यि सवै लाई एक आपसमा छलफल गर्दै काम गर्नु पर्ने कुरा मतदाताहरुलाई उनले वताउदै आएका छन ।