मोरङ- क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेस नेता डा. सुनिलकुमार शर्मा निकै मनकारी र सहयोगी छन । उम्मेदवार बन्न अगाडीपनी जनताको जनताको घर घरमा पुगेर गरीब अनी असहायको भगवान बनेका शर्मा यतिबेला चुनावी माहोलमा होमिएकाछन । व्यस्त रहेका शर्माले कलाकार तथा प्राविधिक उर्लाबारी निवासी श्याम गिरिको ९ महिनाको छोरा डेङु र निमोनिया पीडित शुभम गिरि लाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को पहलमा नोवल अस्पतालमा १०० प्रतिशत उपचार निशुल्क गर्नु उपचार्को व्यवस्था गरेकाछन । यो सहकार्यका लागी नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले धन्यवाद दिएकाछन ।
केही दिन अघि कलाकार तथा प्राविधिक उर्लाबारी निवासी श्याम गिरिको ९ महिनाको छोरा शुभम गिरि डेङु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएर बिराटनगरको नोवल अस्पतालमा भर्ना गरिएको थियो । एकदमै सिकिस्त अवस्थाको छोरालाई भर्ना गरेपछी उपचार को लागि खर्च अभाव भएपछी पिता श्याम गिरिले आफ्नो फेसबुकमा आर्थिक सहयोगको लागि आव्हान गरेका थिए । यो कुरा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले जानकारी पाए पछि तुरुन्त पत्र लेखी डा. सुनिल शर्माको सचिवालयमा निशुल्क सहयोगको लागि अपिल गरेका थिए । उनको यो अपिल पत्रकार सुवाश संकल्प, उद्योग बाणिज्य संघ उर्लाबारी का निवर्तमान अध्यक्ष प्रीतम खडगी तथा प्रत्यक्ष रुपमा कलाकार तथा अन्य श्रोत बाट डा. सुनिल शर्मा लाई जानकारी गराईएको थियो । उक्त जानकारी पाउन साथ नौ महिना को नाबालक शुभम लाई १०० प्रतिशत निशुल्क उपचार को लागि डा सुनिल शर्माले व्यवस्था गरेका हुन । बिरामिका पिता श्याम गिरिलाई हिजो नोवल अस्पतालका GM रुद्र प्रशाद शर्मा ले भेटेर जानकारी गराएकाछन । अस्पताल मा सम्पुर्ण निशुल्क भएपनी औषधि खरिद गर्नु पर्ने भएको हुदा अन्य दातालाई औषधि खरिद गर्नको लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले सहयोगको लागि अपिल गरेकाछन ।