नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्ॠ केपी शर्मा ओलीले जनताले फेरिपनी नेकपा एमालेलाई बहुमतका साथ जिताउने दावी गरेका छन । सुनसरीको कोसी गाउँपालिका– १, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले सो दाबी गरेकाहुन । देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएकाले विकास र समृद्धिको पक्षमा जनताले मतदान गर्ने दाबी उनको दावी छ । देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीले बताए । निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उनले चर्चा गरे ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।