नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएकाछन । अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको चुनावको तयारीका लागी ओली झापाका बिभिन्न ठाउमा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने ४ दिन सम्म झापामा रहने भएका हुन ।
उनले ४ दिन सम्म आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ । झापाका बिभिन्न स्थानमा हुने कार्क्रममा सहभागी भएर अन्तिम कात्तिक १४ गते विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।