सञ्चारमाध्यमहरूले ‘विश्वकै फोहोरी व्यक्तिको’ संज्ञा दिएका एक जना सन्यासी वृद्धको ९४ वर्षको उमेरमा निधन भएको छ। आफूलाई बिरामी बनाउने भयले आमु हाजीले आधा शताब्दीभन्दा बढी समयसम्म साबुन र पानीको प्रयोग गर्न अस्वीकार गरेका थिए।दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो।

इरानको दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए। इरानको आइआरएनए समाचार संस्थाका अनुसार त्यसको केही समयपछि उनी बिरामी भए र आईतवार उनको निधन भयो। उनले जमिनमा बनाइएको प्वाल र छिमेकीहरूले बनाएको इट्टाको टहरोकाबीच देजगाह गाउँमा आफू बस्ने गरेको पनि बताएका थिए।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।