मह जोडी अभिनित बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’ आजबाट प्रदर्शनमा आएकोछ । रोमान्स , इमोशन , कमेडीले भरिएको फिल्मले एक बुवाको संघर्षको कथा सँगै दुइपुस्ते प्रेम कथा बोल्ने ‘महापुरुष’ मा मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरी बंश आचार्यको मुख्य भूमिका रहेकोछ । एक बुवा र आमाले आफ्ना सन्तानका लागी निभाउनु पर्ने भूमिका एक बाबाले निभाएर समाजको अगाडी महापुरुष बनेका बुवा र सन्तानको मिठो कथा हो ‘महापुरुष’ । विश्व बजारमा धेरै चलचित्रहरु आमाको त्याग र बलिदानको कथाना बनेपनि महापुरुषले भने बाबाको कथा बोलेकोछ ।
आफ्नो सन्तानको लागी आमा मात्र हैन्न बाब पनि उतिकै त्यागी बन्न सक्छन भन्ने ट्रेलरमा देखाइएकोछ । छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको अंकुराएको प्रेम र बिहे गर्ने निर्णयपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ ।