धरान उपमहानगरपालिका ८ का लालबहादुर विक र उनकी श्रीमती रेणुका विकद्वारा भोजपुरको टेम्केमैयुङ ८ गोगने स्थित आफु पहिले अध्ययन गरेको बिधालय श्री विद्येश्वर माध्यामिक विद्यालयमा दलित तथा जेहेन्दार बिधार्थीहरुको लागी अक्षयकोष स्थापना गरेका छन् ।लालबहादुर कक्षा ८ सम्म उक्त विद्यालयमा अध्ययन गरेका थिए । आफूले अध्ययन गरेको विद्यालयमा उनले अक्षयकोष स्थापना गरेका हुन् ।विद्यालयको ८४ औं वार्षिकोत्सवमा मङ्सिर ८ गते विद्यालय पुगेका विकले एक लाख एक हजार एक सय एक रूपैयाँको अक्षयकोष स्थापना गरेका ह्ुन् ।
‘मङ्गल÷शुभद्रा÷लाल ब. विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष–२०८१’ स्थापना गरिएको हो । लालबहादुर÷रेणुका विकले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरे । विद्यालयमा विगत सञ्चालित ‘मङ्गलसिंह स्मृति छात्रवृत्ति अक्षयकोष–२०७२’ मा थप गरी १ लाख १ हजार १ सय १ रुपैयाँ पु¥याएका हुन् । मङ्गलसिंह र शुभद्रा लालबहादुरका बुवाआमा हुन् । यस अघि २० हजार रुपैयाँ कोष थियो । उक्त अक्षयकोषको व्याज रकमबाट प्रत्येक वर्ष कक्षा ८ र ९ बाट उत्तीर्ण उत्कृष्ट दलित विद्यार्थी १ छात्र १ छात्रासहित ४ जना विद्यार्थीलाई छात्रवृत्ति (जिन्सी सामाग्री) प्रदान गरिनेछ ।