धरान मा बिहीवार भएको मोटर साइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ–७ बस्ने २१ को यादव लिम्बू रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान–१७ स्थित धरान–चतरा भित्री पक्की सडकअन्तर्गत सर्दु पुलनजिक भएको दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसै गरी मोटर साइकल चालक मोरङ केराबारी गाउँपालिका–२ बस्ने २० वर्षीय सुरज लिम्बूको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । धरानबाट चतरातर्फ जाँदै गरेको प्र१–०२–०५०प ५५९० न. को (२२० सिसि) मोटरसाइकल आफै अनियन्त्रित भई सडकको छेऊको फलामको बेरामा गई ठक्कर खाइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।