निर्माता तथा निर्देशक सन्तोष सेन को ड्रीम प्रोजेक्ट रहेको चलचित्र ‘बलिदान’ को यही भाद्र १ गते शुभमुर्हत गर्ने योजना भएपनी कलाकारको अभाव भएसी रोकिएको छ । छायांकनको लागी सम्पूर्ण तयारी पुरा भएपनी छायांकनको लागी मैदानमा उत्रदै गर्दा ७ देखी १२ वर्ष को बालकलाकार खोजे अनुरुप नभेटिएको हुनाले छायांकन रोकिएको निर्देशक सेनले सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेका छन । उनले लामो-लामो कपाल गहुगोरो बर्णको अभिनय गर्न सक्ने केटाले आफुहरुलाई फोटो तथा भिडियो उपलब्ध गराउन अनुरोध गरेका छन । खोजे जस्तो बालकलाकार भेटे तुरुन्तै छायांकनको मैदानमा उत्रने सेनको भनाइ छ ।
डेव्यु फिल्म मेकिङ देखिनै आफ्नो सिनेमामा केहीन केही नयाँ अनी फरक गर्न, नयाँ प्रायोग गर्न रुचाउने निर्माता, निर्देशक सन्तोष सेन ले यसपटक आफ्नो अर्को मेगा प्रोजेक्ट ‘बलिदान’ का लागी दक्षिण भारतीय सिनेमा जगतका चर्चित दुई व्यतिहरुलाई सिनेमामा भित्र्याएका छन । उनले बलिदानका लागी मुख्य छायांकार र द्वन्द्द निर्देशक भित्र्याएका हुन । चलचित्र ‘बलिदान’ उत्पादन-ऐतिहासिक र युगान्तकारी सावित हुने हुँदा यतिखेर हाम्रो जम्बो टिम ठूलै मिहिनेत र लगानी खर्चेर प्रिप्रोडक्सन रणभूमिको अन्तिम चरण रहेको सेन को दावी छ ।
आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा डेव्यु अभिनेता समिर भट्ट अनुबन्ध भैसकेकाछन । समिर चर्चित नायक बिराज भट्टका छोरा हुन ।