Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको छ – मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउनु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ १५ गते १८:४५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको छ – मुख्यमन्त्री कार्की
50
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउनु भएको छ । उहाँले फेरी धरानको पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो ।शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरि विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’

फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गनुुभयो । धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’

ADVERTISEMENT


मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्याश गर्नुभएको सो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।

Previous Post

धरानमा मोटर साइकल दुर्घटना, २१ वर्षीय यादव लिम्बुको मृत्‍यु

Next Post

‘पूर्ण बहादुरको सारंगी’ को टिजर रिलिज, प्रकाश सपुतको बुवा बिजय बराल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist