बिश्वासको मत नपाएपछी आजबाट बिधिवत रुपमा प्रधानमन्त्री पदबाट मुक्त्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुन काम चलाऊ प्रधानमन्त्रीको रुपमा नियुक्त्त भएका छन । राष्ट्रपति चन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोमिज अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने छन ।प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त भएपछि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यभार प्रचण्डलाई नै तोक्नुभएको हो।राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोमिज अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।