“६७ औ प्रहरी दिवश २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बृक्षारोपन कार्यक्रम गरेको छ । आइतवार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय बिराटनगरको परिसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । बृक्षारोपन कार्यक्रममा प्रहरी उपरिक्षक नविनराज राई र अनिल राना तथा प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।









सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।