१ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०६६।०४।१९ गतेको फैसला आदेशले १८ दिन कैद र रु.५६,२५०/- (छपन्न हजार दुई सय पचास) जरिवाना तोकिएका धरान उप-महानगरपालिका-१५ का ३३ बर्षीय सुमन राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी सुनसरी जिल्ला अदालतमा उपस्थित गरेकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।