उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना हुनु भएका युग पुरुष सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नु भएको थियाे ।

यस्तै, जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए । पर्यटन तथा संस्कृतमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको निधनमा शोक व्यक्त गर्दै एकदिन सार्वजनिक विदा दिने निर्णय भएको बताएका हुन् । पर्यटन मन्त्रालयको प्रस्तावमा स्वयं सरकारको तर्फबाट प्रधानमन्त्रीज्युले एकदिन राष्ट्रिय विदा दिने भन्ने निर्णय पनि भएको, श्रद्धाञ्जली दिन ललितपुर महानगरमा पुगेका मन्त्री श्रेष्ठले बताउनु भयो, कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने जनाउनु भयो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।