शनिवार साझ इटहरीको मुख्य चोकमा एक सिटी सफारी चालकलाई आफ्नै आफन्त टेम्पो चालकले हातनै छिनाइदिएकाछन । इटहरी ५ बस्ने राम भुजेलले सोही ठाउँका भुने चौधरीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘साथमै खुकुरी बोकेर हिँडेका कारण सामान्य भनाभनमै खुकुरी प्रहार भएकाले हात काटिएछ,’ घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘हामी अहिले जसले हात काटेको हो, उसकै घरमा छौँ र घटनाबारे थप बुझ्ने क्रममा छौँ ।’ हात काटिएपछि चौधरीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । भुजेल र चौधरी ज्वाईँ जेठान रहेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।