आउदो मंसिर २३ गते शुक्रबार भारतीय चर्चित अभिनेता गोविन्दा र नेपालका चर्चित अभिनेता प्रदिप खडकाले एउटै स्टेज शेयर गर्ने भएकाछन । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सांस्कृतिक समारोहमा यी दुई स्टार संगै हास्यकलाकार जितुनेपाल मुन्द्रेले पनि स्टेज सेयर गर्न लागेका हुन् । नेपाल-भारतबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने उद्देश्यले आयोजना गर्ने लागिएको कार्यक्रममा जितु नेपाल मुन्द्रेले गोबिन्दाकै कमेडी गर्ने जानकारी प्राप्त भएकोछ । कार्यक्रममा रचना रिमालले पनि प्रस्तुति दिने तय भएको स्रोतले जानकारी दिएकोछ । गोविन्दाले आफू अभिनित फिल्मका हिट गीतमा कम्मर मर्काउनेछन् भने प्रदीपले पनि नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेकोछ ।