भ्रष्टाचार, कमिसनखोरी बिरुद्द देशैभरी चर्चा कमाएका ईटहरी उपमहानगरका निवर्तमान मेयर द्वारिकलाल चौधरी गत असोज १६ गते नेकपामाओवादी केन्द्रमा प्रबेश गरेपछी शुक्रबार आफ्नै निवास ईटहरी २० मा दसैं तिहार ,छठ तथा अन्य जातिय पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजनागरी भव्य पार्टी दिनुभएकोछ । शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले बाहेकका अन्य पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा १ नम्बर प्रदेश उप सभामुख सरस्वती पोखरेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किरण कुमार राई , निर्मल बराल ,प्रदेश सांसद उमिता बराईली , नेकपा माओवादी केन्द्रका केन्द्रिय , प्रदेश , जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको घुइचो लागेको थियो ।
चौधरीलाई ईटहरी उपमहानगरपालिकाका बिभिन्न पार्टीका नेताहरु , वडाका वडासदस्यहरु , धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा लगायतले बधाई तथा शुभकामना प्रदान गर्नु भयो । शुभकामना मन्तव्यमा काङ्ग्रेस नेताहरुले आफु हरु गठबन्धनमा भएकोले नेकपा माओवादीकेन्द्रले टिकट दिए द्वारिकलाल चौधरीलाई जिताउन दिलो ज्यानले लागि पर्ने बताउनु भयो । स्ठानिय जनताको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा अधिकांश बक्त्ताहरुले द्वारिकलाल जुनसुकै पार्टीमा गएपनी जनताको साथ रहने विश्वाश व्यक्त गर्नुभयो । सबैको समय ब्यस्तता साथै मौसमका कारण देखाउदै कार्यक्रमका प्रमुख आकर्षण द्वारिकलाल चौधरीले भने कुनै प्रतिकृया दिनुभएन ।