धनकुटा, पाख्रिवास नगरपालिका वडा नम्बर – ९, मा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा रहेका छन ।
आज बिहान आफ्नै ५४ वर्षीय बुवा, उपेन्द्र ठाडाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनु भएको छ ।
घर नजिकै बङ्गुरको खोर निर्माण गरिरहेका बुवासँग वादविवाद बढेपछि आफूसँंग रहेको हतियार प्रयोग गरी हत्या गरेको स्थानीयले बताएका छन् । सामान्य घरायसी विवादका कारण हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि उपेन्द्र ठाडाले प्रहरी चौकी हिलेमा आत्मसमर्पण गरेकाे प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।