माघे संक्रान्तिको बिदाको अवसर पारेर इटहरीको दुर्गा पार्टी प्यालेसमा बिहीबार ३९ जना साना बालबालिकाहरू कोही मञ्चमा निर्धक्क नाच्दै थिए, कोही सुरिलो स्वरमा गीत गाउँदै त कोही रङ र कुचीमा आफ्नो कल्पनाको चित्र कोर्दै थिए । ओपन स्पेस प्रा।लि। द्वारा आयोजित ुमिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन(२ु अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागी बालबालिकाले देखाएको यस्तो उत्साह र प्रतिभाले उपस्थित दर्शक तथा अभिभावकलाई हर्षित देखिन्थे ।
ट्यालेन्ट राउण्डमा प्रतियोगीहरूले मुख्यतया चार विधामा आफ्नो क्षमता प्रस्तुत गरे( नृत्य, गायन, चित्रकला र वक्तृत्वकला । यही चरणमा निर्णायकले दिएको अंकका आधारमा नै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात् ग्राण्ड फिनालेमा ुलिटिल मिस ट्यालेन्टु र ुलिटिल मिस्टर ट्यालेन्टु को उपाधि प्रदान गरिनेछ ।

बालबालिकाको प्रतिभालाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न अनुभवी व्यक्तित्वहरूको निर्णायक मण्डल बनाइएको थियो । जसमा ुमिसेस पूर्वेली आइकनु विजेता मेघा खड्का, मिसेस ट्यालेन्टको उपाधि विजेता सीता पुरी, अर्गनाइजर च्वाइस विजेता रईशा चौधरी र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ ुसीु का भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट सुजन घिमिरे रहेका थिए ।
केबल र्याम्प वाक मात्र नभई बालबालिकाको सर्वाङ्गीण विकासमा कार्यक्रम केन्द्रित रहेको आयोजकको भनाइ छ । ओपन स्पेस प्रा।लि। का निर्देशक सरोज श्रेष्ठका अनुसार, ूयो प्रतियोगिता बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यको कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने एउटा पाठशाला हो ।

हाल कोरियोग्राफर सुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूलाई क्याटवाक सिकाइरहेकी छन् भने बालबालिकाको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ, प्रश्नोत्तर कला र योगाको समेत तालिम दिइँदैछ । सिइओ सजिना श्रेष्ठ, निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेक्षा कार्की र मिडीया कोअर्डिनेटर सुवास संकल्प लगायतको टिमले व्यवस्थापन गरिरहेको यस प्रतियोगिताको ग्राण्ड फिनाले यही माघ १७ गते इटहरीमा हुनेछ । विजेताले नगद पुरस्कारसहित आकर्षक गिफ्ट ह्याम्परहरू जित्नेछन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।