यहि मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको घरदैलो कार्यक्रम तिव्र चलिरहेकोछ । आजको घरदैलो धरानका निवर्तमान मेयर तिलक राईको वार्ड धरान १८ मा उहाकै उपस्थितीमा सम्पन्नन भएकोछ । धरान १८ का जनताका घरदैलोमा पुगेर निबर्तमान मेयर राईले भोट अपिल गरेकाछन ।
आजको घरदैलोमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार मुक्साहाङ मेन्याङ्बो मुकेश र प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (ख ) का उम्मेदवार रेवती रमण राई रहेका थिए । उम्मेदवारहरुलाई धरान -१८ का जनताहरुले खदा अबिर र माला लगाएर जितको शुभकामना दिए । घरदैलोमा स्थानिय युवाहरु साथै अन्य जनताहरुपनी स्वस्फुर्त निस्किएका थिए ।