लोकतान्त्रिक बाम गठबन्धको बुधबार धरानमा हुने चुनाबी आमसभालाई सम्बोधन गर्न नेकपा माओवादी(केन्द्र) का अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने भएका छन।भानुचोकमा हुने आम सभालाई नेपाली काङ्ग्रेसका प्रवक्त्ता एबम केन्द्रीय सदस्य डा. प्रकाश शरण महत, एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सद्स्स्य एबम प्रदेस न.१ उपाध्यक्ष धर्मराज निरौला लगायतका नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको छ।आमसभाका लागि सम्पुर्ण तयारी पूरा भएको निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक राईले जानकारी दिए।उनका अनुसार आमसभामा सुनसरी-१ भरीका १२ हजार बढी जनताहरु उतार्ने तयारी भएको छ।
त्यसको तयारीका लागि गठबन्धन आबद्ध तिन वटै पार्टीका क्रीयाशिल कार्यकर्ताहरु खटाई सकिएको सम्योजक राईले जानकारी दिए।लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउनका लागि बृहत् आम सभा गर्न लागिएको नेपाली काङ्ग्रेस धरानका सभापती श्याम पोख्रेलले जानकारी दिए। “यो पटकको निर्वाचनमा सुनसरी-१ लाई निक्कै महत्वका साथ हेरिएको छ।गठबन्धनका उम्मेद्वारलाई जिताएर मात्रै यस क्षेत्रको बिकास र समृद्धी हुन्छ”” पोख्रेलले भने।यस अघि सुनसरी-१ बाट जितेर गएका प्रतिनिधिले राज्य मन्त्री समेत हुने हैसियत नराखेको हुनाले मन्त्री भएर यो क्षेत्रमा राष्ट्रीय स्तरका योजना पार्न गठबन्धनका साझा उम्मेद्वारलाई जिताउनु पर्ने सभापती पोख्रेलले बताए। लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो(मुकेस), प्रदेस सभाका लागि सुनसरी-१(१) बाट नेपाली काङ्ग्रेसका उमेस थापा र सुन्सरी-१(२) मा एकीकृत समाजवादीका रेवतिरमण राईले उम्मेद्वारी दिएका छन।