मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई भएरहित र निष्पक्ष सम्पन्न गराउने उदेश्यले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन भएको छ । प्रदेश न. १ का निमित्त प्रमुख सचिव श्री किशोर कुमार चौधरी , आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव श्री उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रन्जीत थापा, १ न. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरिक्षक श्री सुदिप गिरी, शसस्त्र नायव महानिरिक्षक श्री कमल गिरी, अनुसन्धान निर्देशन श्री कृष्ण प्रसाद खनाल , सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुनसरी जिल्लाका प्रहरी प्रमुख सहितको टोलीले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गरेकाहुन ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा सुरक्षा समितीको बैठक सम्पन्न पश्चात निमित्त प्रदेश सचिव सहितको टोलीले सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रमा पर्ने कोशी गाउपालिका, भोक्राहा नरसिंह गाउपालिका, देवानगञ्ज गाउपालिका, हरिनगरा गाउपालिका र दुहवी नगरपालिकाकामा रहेका मतदान स्थलहरुको निरीक्षण तथा अनुगमन गरेका हुन ।