कोशी प्रदेश सरकारले धरानको दीर्घकालीन खानेपानी परियोजना सम्पन्न नहुन्जेल सम्मको लागि पुर्ण अनुदानमा तीन वटा डिप बोरिङ तयार गरेको छ । ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९सय ९ रुपैयामा तयार भएका डिप बोरीङको सोमबार प्रदेश सांसदहरु रमेश बस्नेत,विजय कुमार राई, धरानका मेयर हर्कराज राई, उपमेयर अईन्द्र बिक्रम बेघा, खानेपानी बोर्डका राजु पोखरेल खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाले स्थलगत अनुगमन गरेका छन ।
आर्थिक बर्ष २०८०र०८१ मा तीन वटा डिप बोरिङ गर्नको लागि कुल ४ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाले जानकारी दिए । ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९सय ९ रुपैयामा ३ वटा डिपबोरिङ गरिएपछि सो डिपबोरिङ मार्फत खानेपानी परियोजनाले धरानको खानेपानी आपूर्तिमा कति सहज हुने कोशी प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राईले विश्वास लिए ।

विगतमा सहरी विकास आयोजना अन्तर्गत एडिवीको ऋण सहयोगमा आएको परियोजना समेत भरपर्दो नभएको स्मरण गर्दै प्रदेश सरकारबाट डिप बोरिङका लागि आएको सहयोगमा पनि आशंका व्यक्त गरे । टेक्निकल र फाइनान्सियल अडिट, सार्वजनिक सुनुवाई गरेपछि मात्र यो आयोजना धरान खानेपानी बोर्डले जिम्मा लिने मेयर साम्पाङ्गको भनाई छ । धरानको खानेपानी समस्यालाई केही हदसम्म थेग्न सक्ने भएपनि धरान खानेपानी बोर्डको स्वामित्वमा अहिले नै ल्याउन नसकिने मेयरको अडान अडान छ ।

काम सम्पन्न भएपनि वेल टेष्टको कामको अनुगमन गरिएको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवाले जानकारी दिए ।खानेपानी मन्त्रालयका मेकानिकल इञ्जिनियर निश्चल पोख्रेलले ३ वटा बोरिङ, सय केभिएको डिजेल जेनेरेटर, कन्ट्रोल प्यानल बोड जडानसँगै प्रक्रिया सबै सकिए पनि मुख्य पाइपलाइनमा जोड्न बाँकी रहेको बताए ।धरानमा बर्षादमा प्रसस्त पानी आपूर्ति गरिए पनि सुख्खा मौसममा भने समस्या हुने गरेको छ । यी तीनवटा बोरिङबाट प्रतिदिन ४५ देखि ५० लाख लिटर पानी आपूर्ति हुने प्राविधिकहरुले बताएका छन् । धरानमा दैनिक ३ करोड लिटर भन्दा बढी खानेपानीको आवश्यता पर्दछ । बर्षाद्को समयमा धरानलाई चाहिने पानी आपूर्ति भएपनि सुख्खा मौसमम आधा मात्र पानी आपूर्ति हुने गरेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।