पछिल्लो समय गायक तथा नायक प्रकाश सपुतको करियरलाई लिएर सामाजिक संजालदेखि न्युज पोर्टलहरुमा निराशाजनक टिकाटिप्पणी आइरहेका छन । कुनै न्युजपोर्टल ओरालो यात्रा भनेर हेडलाइननै बनाएका छन भने पछिल्लो केही दिन अघिमात्र बसन्तका निर्मातालाई पैसा फिर्ता गर्न काठमाण्डौको घर बेचे भन्ने चर्चा आइरहेको छ । यहि हल्लाको पछि लाग्दै प्रकाशका फयान शुभचिन्तक सबैले चिन्ता व्यक्त गरिरहेकाछन भने उनको प्रगतीमा जल्नेहरु भने नकरात्मक टिकाटिप्पणी गर्दै रमाईरहेका छन । सामाजिक संजालमा यस्तो नकरात्मक चर्चा चल्न थालेपछि चलचित्र “बसन्त” का निर्माता मोहन बिश्वकर्माले आफनो सामाजिक संजाल फेसबुकमा आपत्ती जनाउदै आफनो अभिव्यक्ति दिएका छन ।
बिश्वकमाले पोष्ट गरेको अभिव्यक्तिमा प्रकाशको घर बेचेको कुनै शब्द उल्लेख नगरेपनि “बसन्त” को बारेमा भने प्रष्ट लेखेका छन । उनले लेखेका छन : –“हामीले निर्माण गरेको चलचित्र बसन्त को व्यवहारिक विषयलाई लिएर पछिल्लो समय विभिन्न मिडिया र सामाजिक सञ्जाल मा आएका समाचार र टिका टिप्पणिहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । नितान्त व्यवसायिक उद्देश्य ले भन्दा पनि प्रतिभाशाली सर्जक प्रकाश सपुतको सपना, एउटा गम्भिर सामाजिक विषय वस्तु र नेपाली चलचित्र क्षेत्रमा केहि योगदान गर्ने पवित्र उद्देश्य ले हामीले बसन्तमा निर्माण सहकार्य गरेका हौ ।

अहिले चलचित्र लाई भारत मा प्रर्दशन गर्ने प्रकिया पुरा भैसकेको छ । विश्वका धेरै देशमा चलचित्र प्रदशन हुन बाकि नै छ । डिजिटल प्लाटफर्महरु त छदैछ । यस्तैमा अहिले नै चलचित्र को व्यवसायिक हिसाब किताब भैसकेको छैन । यो पहिलो चलचित्र हाम्रो लागि एउटा बहुमूल्य सिकाई र अनुभव भएको छ र कम्तिमा वर्षमा एउटा चलचित्र बनाउन सकिने आत्म विश्वास बढेको छ ।साथै यस वर्षको अन्त्य सम्म कलाकार प्रकाश सपुत को टिम संगै मिलेर अर्को चलचित्र निर्माण घोषणा गर्ने तयारी भैरहेका बेला हामीलाई निरुत्साहित गर्न आएका यस्ता टिका टिप्पणीको पछि नलाग्नु हुन म सबै संग आग्रह गर्न चाहन्छु । र सर्जक कलाकार प्रकाश सपुतलाई आफ्नो कर्म मा दत्त चित्त भएर लाग्न हौसला र शुभकामना दिन चाहन्छु ।” भनी उल्लेख गरेका छन ।
निर्माता बिश्वकर्माको यो पोष्टबाट यहि प्रष्ट हुन्छकि, उनले “बसन्त” को आयव्यायलाई लिएर कुनैपनि तिक्तता आएको छैन । बरु चाडैनै उनीहरुले नयाँ सिनेमा बनाउने योजनाले प्रकाशको सिर्जना र कला माथि मोहनको पूर्ण विश्वास र भरोसा रहेको बुझिएको छ । पहिलो चलचित्र “बसन्त” बाट धेरै कुराहरु सिकेको भन्दै मोहनले बर्षमा एउटा चलचित्र निर्माण गर्ने आत्मविश्वास बढेको उल्लेख गरेका छन । सामाजिक संजाल र न्युजपोर्टलमा आएको खवरको पछि नलाग्न आग्रह गरेका मोहनले प्रकाश सपुतलाई भने अगामी दिनमा अझ बढि सफलता पाउन दत्तचित्त भएर लाग्न हौसला तथा शुभकामना दिएका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।