ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल झरी दुर्घटना हुँदा टेम्पोमा सवार रहेका पाथिभरा याङबरक गाउँपालिका-१ का ७५ बर्षीय धन बहादुर गुरुङ र उनकै नाति ११ बर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।