नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अहिले बिभिन्न राजनीतिक दलमा विकृति मौलाएको बताएका छन । खानकै लागी ठुलो भाग खान पाईन्छ भनेर पार्टी फुटाएर जानेहरु फेरी अझै खान पाईन्छकी भने ठुला ठुला कुरा गरेर पुन पार्टीमै फर्कीआएको बताएका छन । धरानमा आज आईतबार प्रेस सेन्टर सुनसरीद्वारा आयोजित कृष्ण सेन इच्छुक स्मृति दिवसका प्रमुख अतिथि पूर्व पर्यटन मन्त्री किराँतीले आफ्नै पार्टी फुटाएर नेसपामा गएका गंगा नारायण श्रेष्ठ लक्षित अभिव्यक्ती दिएका हुन ।
गंगानारायण श्रेष्ठ १० वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किएपछी उनले यस्तो अभिव्यक्ती दिएको अनुमान लगाउन सकिन्छ । एक अर्को प्रसँगमा पुर्वमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिषा दिँदा घुस लिने कुरा मानव तस्करीजन्य अपराध भएकोले गृहमन्त्रीले नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए । कृष्ण सेन इच्छुक जस्ता पत्रकारको सपना साकार बनाउन राजनीतिमा व्याप्त यस्तो भ्रष्ट प्रवृत्ति विरुद्ध कलम चलाऊन जरुरी रहेको किरातीले बताए ।
“जनपक्षीय पत्रकारिताका योद्धा इच्छुकको स्मृतिमा अन्तरसंवाद बिषयक कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका पूर्व सभापति केशब घिमिरे, प्रेस सेन्टरका पूर्व केन्द्रीय उपमहासचिव राजन के.डी. लगायतका वक्ताहरूले इच्छुकको जीवन, योगदान र बलिदानीबारे चर्चा गरे।कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले कृष्णसेन इच्छुकको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकरिषि राई, प्रेस सेन्टरका पुर्ब केन्द्रीय सदस्यद्वय श्रीसिसा राई र अर्जुन शर्मा, वाईसीएल धरानका अध्यक्ष दीपक घिसिङ, धरान–३ का वडा सदस्य मिङमा भोटे, माओवादी केन्द्र धरानका निवर्तमान उपाध्यक्ष सर्बजित राई लगायतको उपस्थिति थियो। प्रगतिशील साहित्यकार एवं क्रान्तिकारी पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर हत्या गरिएको थियो । उनी ‘जनदिशा’ दैनिकको प्रधान सम्पादक थिए ।