यहि बैशाख २६ गते शुक्रबार पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड धरान आउने भएका छन । आज धरानमा आयोजित पार्टी निकट किराँती राष्ट्रिय मुक्ति मोर्चा , लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपाल र धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालद्धारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मा जानकरी गराइएको हो । सथै चार छुट्टा छुट्टै भातृसंगठनले चैत्र २६ गते ईटहरी बसेको बैठकको निर्णहरु समेत प्रस्तुत गरेको ।
समितीले विभिन्न ६ ओटा निर्णहरु गरेको छ । जसमा जनादेश विपरित प्रदेशसभावाट राखिएको कोशी नाम खारेज गार ऐतिहासिक सभ्यता र पहिचानका आधारमा प्रदेशको पुर्नःनामन्कन किरात लिम्बुवान(कोचीला प्रदेश कायम गर्ने , धिमाल, मेचे, सन्थाल, उराऊ ९झागड०, भोटे, लेप्चा लगायत सिमान्तकृत तथा अल्पसंख्यक जातीहरुको संरक्षित स्वायत्त क्षेत्र कायम गर्ने , किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र लिम्बुवान राष्ट्रिय मुत्ति मोर्चा, नेपालको राष्ट्रिय सम्मेलन संयुक्त रुपमा धरानमा यही मिति २०८२ साल वैशाख २६ गते गर्ने।
उक्त कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने, कोच राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, धिमाल राष्ट्रिय मुनि मोर्चा, नेपाल लगायत राष्ट्रिय मोर्चाहरुको राष्ट्रिय सम्मेलन यही जेष्ठ महिना भित्र गर्ने, राष्ट्रिय सम्मेलनमा एक अर्का विच सहयोग आदानप्रदान गर्ने र राष्ट्रिय सम्मेलन पछि संयुक्त संघर्ष समिति निर्माण गर्ने रहेका छन ।
संयुक्त सम्मेलनको उद्घाटन भानुचोकमा गर्ने तयारी भइरहेको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ्ग मेन्याङ्वोले जानकारी गराए । किराँती मोर्चाको पाँचौँ र लिम्बुवान मोर्चाको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन एकै साथ भए पनि बन्द सत्र भने छुट्टाछुट्टै हुने अध्यक्ष मेन्याङ्बोले बताए ।
पत्रकार सम्मलेनमा प्रदेशको नाम कोशी नाम खारेजीको लागि दृढ भएर लाग्ने समेत जानकारी गराईयो । सम्मेलनमा किराँती र लिम्बुवान मोर्चाका प्रतिनिधि र पर्यवेक्षक २० हजारको सङ्ख्यामा सहभागी हुने सम्मलेनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, आदिवासीरजनजाति संयुक्त मोर्चाका इन्चार्ज ओनसरी घर्तिमगर, सङ्घीय संयोजक सुरेश आले मगर, नेताहरू सुरेशकुमार राई हिमाल, दुर्गा राई उपस्थिति रहने आयोजकले जनाएको छ ।