मिनि ब्राजिल भनेर चिनिने कोशी प्रदेशको धरानमा फेरी अर्को फुटबल प्रतियोगिता हुने भएको छ । २५ औ बुढासुब्बा पछि भर्खरै वडास्तरीय २५ औ गोधुली कप फुटबल प्रतियोगिता सम्पन्न भएको धरानमा अर्को फुटबल प्रतियोगीता हुने भएको छ । प्रतियोगीता नेकपा माओवादी केन्द्रको युवा भातृ संगठन वाईसीयलका केन्द्रिय सचिव धरानका श्री सुब्बाले आफनी आमा स्वर्गीय पार्बती लिम्बुको स्मृतिमा फुटबल पतियोगीता आयोजना गर्ने भएका छन । प्रतियोगीताका संयोजक रहेका सुब्बाले बुधबार पत्रकार सम्मेलन आयोजना गरी फुटबल प्रतियोगिता नेचर क्लब धरान र वाईसीएल धरानको संयुक्त आयोजनामा हुने जानकारी दिएका छन । फुटबल प्रतियोगिता बैशाख ८ देखी धरान रंगशालामा हुने भएको छ ।
बैशाख ८ देखि १३ गते सम्म हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पुर्व पर्यटन तथा सस्कृती मन्त्री सुदन किराँतीले गर्ने संयोजक सुब्बाले बताए ।प्रतियोगितामा धरानका २० वटा वडाहरुबाट छानिएका टीम र मोरङ, झापा, तेह्रथुम लगायतका जिल्लाबाट १० टिम सहभागी हुने बताइएको छ । प्रतियोगिताको बिजेता टिमलाई नगद रु १ लाख रुपैया पुरस्कार सहित ट्रफी,मेडल र उपबिजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने संयोजक सुब्बाले जानकारी दिए ।
यसैगरी ब्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सार्वधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद रु एक हजार प्रदान गरिने सयोजक सुब्बाले जनाए । प्रतियोगीता धरान रंगशाला धरान १६ मा हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा विजेता र उप विजेताले प्राप्त गर्ने ट्रफि समेत सार्वजनिक गरिएको थियो ।