बर्ष २०७९ को अन्त्यतिर प्रदर्शनमा आएर बर्ष २०८० को सर्वाधिक सफल ब्लकबस्टर चलचित्र बन्न सफल चलचित्र जारी को सिक्वेल ‘जारी-२’ निर्माण घोषणा भएको छ । नयाँ बर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘जारी-२’ को निर्माण घोषणा भएको हो । पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई च्याब्रुङ बोकेर देखा परेका छन । स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको पोस्टरमा दयालाई मात्र देखाइएको छ ।
चलचित्रमा जारी का मुख्य कलाकारहरु दयाहाङ राई, अभिनेत्री मिरुना मगर, बिजय बराल, बुद्दी तामाङ,पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ,कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई दोहोरिएका छन भने मानहाङ लावती, बिष्णु मोक्तान र सिर्जना निङ्लेखुको प्रवेश भएको छ ।बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो चलचित्रको सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ । चलचित्रमा निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ ।कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । बैशाख तेस्रो साताबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।