Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने काम गर्दैनौ- तेज दुमी राई

आर्थिक पारदर्शिता कायम गर्दै,महेन्द्रका विद्यार्थीहरुलाई पढदै कमाउदै गर्न सक्ने सीपयुक्त कार्यक्रममा जोडाउन महेन्द्र क्याम्पसको स्ववियु सभापतिमा : तेज बहादर दुमी राईको उम्मेदवारी

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र ३ गते २२:५७ बजे प्रकाशित
in FEATURE, अन्तरवार्ता, स्थानीय समाचार
0
एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने काम गर्दैनौ- तेज दुमी राई
101
SHARES
Share on FacebookShare on Twitter

महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्ववियु निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीबाट तेज बहादुर दुमी राई अध्यक्षको उम्मेदवार हुन । तेज बहादुर दुमी राई विद्यार्थी आन्दोलनहरूमा अग्रणी भुमिका निर्वाह गर्द आएका छन् । राई बिएड तेस्रो बर्षका विद्यार्थी हुन । उनी अखिल क्रान्तिकारीका धरान नगर अध्यक्ष हुन भने महेन्द्र क्याम्पस ईकाई उपाध्यक्ष हुन । धरान १७ आर्दश चोक स्थानीयवासी तेज बहादुर दुमी राई सँग स्ववियु निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको अंश
स्ववियु सभापतिको उम्मेदवारको रूपमा तपाइको एजेण्डा के के हुन ?
अखिल क्रान्तिकारीले एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने कुरा मात्र गर्दैन काममा प्रतिवद्ध छ । हरेक विद्यार्थीहरुको सुख र दुखमा समन्वय गरे मात्र काम गर्दछ । क्रान्तिकारी हरेक विद्यार्थीका समस्याका बारेमा जानकार रहेको छ । महेन्द्र क्याम्पसको साना साना समस्याहरू हाम्रा प्राथमिकता हुन । क्याम्पसको नियमित सरसफाई पहिलो प्राथमिकता हो । आर्थिक पारदर्हिता र सुशासन , शिक्षकहरुलाई कक्षा कोठामा नै डिजिटल हाजिरी हुने व्यवस्था, ई लाईबेरी निर्माण पुस्ताकालयमा आवश्यक पुस्तक समावेश गद उपलब्ध गर्ने ,विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा जोडने ,विद्यार्थीहरुलाई पढदै कमाउदै गर्न सक्ने सीपयुक्त कार्यक्रममा जोडाउने, प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सृजनात्मक कार्यक्रममा व्यवस्था गर्ने,कलेज बस व्यवस्थापन गर्दे केराबारी,ईटहरी, बराहक्षेत्रका विद्यार्थीलाई आवातजावत सहज गर्ने ,छात्रा छात्रको होस्टल भवन व्यवस्थापनमा जोड दिने,पेईङ प्रोग्राम (विविए, विविउम र विएएलएलवि) रकम लिए अनुसारको कार्यक्रम गरिने, मास्टर डिग्रीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, हाल क्याम्पसमा पिउने पानीको फिल्टर छ तर, बिग्रिएर मर्मत नभएको धेरै भयो, त्यसको सुधारमा पहल गर्ने गर्छौ ।
हाल महेन्द्र बहुमुखी क्याम्पसमा समाधान हुन नसकेका शैक्षिक समस्याहरू के के छन् :
क्याम्पसका धेरै शैक्षिक समस्याहरू विद्यार्थीहरू बिच जगजाहेर नै छ । शिक्षकहरू समयमा कक्षामा नआउने गुनासो धेरै छ । पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरूको अभाव त्यसप्रति हामी गम्भीर छौँ । क्याम्पसका प्रत्येक कक्षामा स्मार्ट बोर्ड लगाउनु पर्ने कुरामा नयाँ स्ववियुले पहल गर्नेछ ।
धरान बाहिरबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूले कस्तो समस्या भोगिरहेका छन्  ?
मलाई यहाँ अध्ययनकालागी आउनुहुने विद्यार्थी साथीहरूको समस्याबारे राम्रो अवगत छ । अध्ययन गर्न आउने विद्यार्थीलाई विशेषगरी कोठा भाडाको समस्या छ, कलेज नजिक कोठा पाउन मुस्किल छ । त्यस समस्यामा उहाँहरुलई सहजता बनाउने कार्यमा नयाँ स्ववियुले प्राथमिकता दिनेछ छ । एलएलबी लगायत अन्य संकायमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अनलाइन कक्षाको व्यवस्था गर्नेछौँ । धरान बाहिरबाट बसमा आउने विद्यार्थीले बसमा यात्रा गर्दा बसमा सहुलियत नपाएको गुनासो समाधान गर्न जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गर्न सुरु गरेका छौँ ।

क्याम्पस भित्रका समस्याहरू समाधान गर्न तपाईँको प्यानल सँग कस्ता उपायहरू छन् ?

क्यापसका भौतिक एवम् शैक्षिक समस्याहरू क्याम्पस प्रशासन सँग सम्बन्धित छन् । हरेक समस्याका समाधानका लागी प्रशासन सँगको निरन्तर समन्वय, दबाब र खबरदारी गर्दै विद्यार्थीहरुसँग एकता गर्दै अगाडी बढ्ने छौँ ।
विद्यार्थीहरूले तपाँईहरुको क्रान्तिकारीलाई किन भोट हाल्ने आर्थिक पारदर्शीता र जवाफदेहिता र विद्यार्थी एकताका, समावेशीता, बैज्ञानिक र सिपयुक्त शिक्षाका लागि क्रान्तिकारीमा भोट क्रान्तिकारीले कुनै स्वार्थ र दम्भ नराखी विद्यार्थीको पक्षमा कार्य गर्ने छ ।
क्रान्तिकारीलाई स्ववियुमा जितेपछि एकल सङ्गठनको रुपमा मात्र होइन, सबै विद्यार्थीको साझा,समावेशी र व्यवस्थित स्ववियु बनाउने प्रतिबद्धता गर्दछौँ । शैक्षिक केन्द्र महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर व्यवस्थित गर्दै व्यवस्थित र सुरक्षित भौतिक पूर्वाधार निर्माणमा समेत पहल गर्नेछ ।

तपाईँहरूका एजेण्डा कसरी विद्यार्थीहरू माझ पुर्याउदै हुनुहुन्छ  ?
विद्यार्थीहरुसँग हाम्रो एजेण्डा सहितको प्रतिवद्धताहरु ४ हजार ४८४ विद्यार्थीमाझ पुर्‍याउन व्यक्तिगत रूपमै भेटघाट गर्ने, फोनबाट जानकारी गराउने, फेसबुक पेजबाट जानकारी गराउने, ह्वाट्स्एप ग्रुपमार्फत पनि सम्पर्कमा रहेर जानकारी आदानप्रदान गर्दैछौं ।

स्ववियु निर्वाचनमा क्याम्पस प्रशासनले कसरी कार्य गरिरहेको छ ?
क्याम्पस प्रशासन शान्तिपूर्ण तवरले निर्वाचन गर्न लागी परेको महसुस गरेका छौँ । विद्यार्थीलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने, अन्य आवश्यक तयारी गरिरहेको पाएका छौँ । सबै सङ्गठनहरू सँग समन्वय गर्दै सौहार्दपुर्ण वातावरणमा निर्वाचन गराउन लागि परेको अनुभव गरेका छौं ।

https://www.youtube.com/watch?v=haUzoflYrxw

ADVERTISEMENT
Previous Post

गोल किपर अन्जिला तुम्बापोले जर्सी नम्बर ‘१६’ लगाउनुको कारण चलचित्र ‘अन्जिला’ ले खुलायो

Next Post

चलचित्र ‘अन्जिला’को तीनदिने ग्रस कलेक्सन २ करोड ७ लाख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist