महेन्द्र बहुमुखी क्याम्पस, धरानको स्ववियु निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीबाट तेज बहादुर दुमी राई अध्यक्षको उम्मेदवार हुन । तेज बहादुर दुमी राई विद्यार्थी आन्दोलनहरूमा अग्रणी भुमिका निर्वाह गर्द आएका छन् । राई बिएड तेस्रो बर्षका विद्यार्थी हुन । उनी अखिल क्रान्तिकारीका धरान नगर अध्यक्ष हुन भने महेन्द्र क्याम्पस ईकाई उपाध्यक्ष हुन । धरान १७ आर्दश चोक स्थानीयवासी तेज बहादुर दुमी राई सँग स्ववियु निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको अंश
स्ववियु सभापतिको उम्मेदवारको रूपमा तपाइको एजेण्डा के के हुन ?
अखिल क्रान्तिकारीले एजेण्डा भनेर विद्यार्थीलाई झुक्याउने,आश्वासन बाँड्ने, भ्रम फैलाउने कुरा मात्र गर्दैन काममा प्रतिवद्ध छ । हरेक विद्यार्थीहरुको सुख र दुखमा समन्वय गरे मात्र काम गर्दछ । क्रान्तिकारी हरेक विद्यार्थीका समस्याका बारेमा जानकार रहेको छ । महेन्द्र क्याम्पसको साना साना समस्याहरू हाम्रा प्राथमिकता हुन । क्याम्पसको नियमित सरसफाई पहिलो प्राथमिकता हो । आर्थिक पारदर्हिता र सुशासन , शिक्षकहरुलाई कक्षा कोठामा नै डिजिटल हाजिरी हुने व्यवस्था, ई लाईबेरी निर्माण पुस्ताकालयमा आवश्यक पुस्तक समावेश गद उपलब्ध गर्ने ,विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा जोडने ,विद्यार्थीहरुलाई पढदै कमाउदै गर्न सक्ने सीपयुक्त कार्यक्रममा जोडाउने, प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सृजनात्मक कार्यक्रममा व्यवस्था गर्ने,कलेज बस व्यवस्थापन गर्दे केराबारी,ईटहरी, बराहक्षेत्रका विद्यार्थीलाई आवातजावत सहज गर्ने ,छात्रा छात्रको होस्टल भवन व्यवस्थापनमा जोड दिने,पेईङ प्रोग्राम (विविए, विविउम र विएएलएलवि) रकम लिए अनुसारको कार्यक्रम गरिने, मास्टर डिग्रीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, हाल क्याम्पसमा पिउने पानीको फिल्टर छ तर, बिग्रिएर मर्मत नभएको धेरै भयो, त्यसको सुधारमा पहल गर्ने गर्छौ ।
हाल महेन्द्र बहुमुखी क्याम्पसमा समाधान हुन नसकेका शैक्षिक समस्याहरू के के छन् :
क्याम्पसका धेरै शैक्षिक समस्याहरू विद्यार्थीहरू बिच जगजाहेर नै छ । शिक्षकहरू समयमा कक्षामा नआउने गुनासो धेरै छ । पाठ्यपुस्तक र शैक्षिक सामग्रीहरूको अभाव त्यसप्रति हामी गम्भीर छौँ । क्याम्पसका प्रत्येक कक्षामा स्मार्ट बोर्ड लगाउनु पर्ने कुरामा नयाँ स्ववियुले पहल गर्नेछ ।
धरान बाहिरबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूले कस्तो समस्या भोगिरहेका छन् ?
मलाई यहाँ अध्ययनकालागी आउनुहुने विद्यार्थी साथीहरूको समस्याबारे राम्रो अवगत छ । अध्ययन गर्न आउने विद्यार्थीलाई विशेषगरी कोठा भाडाको समस्या छ, कलेज नजिक कोठा पाउन मुस्किल छ । त्यस समस्यामा उहाँहरुलई सहजता बनाउने कार्यमा नयाँ स्ववियुले प्राथमिकता दिनेछ छ । एलएलबी लगायत अन्य संकायमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अनलाइन कक्षाको व्यवस्था गर्नेछौँ । धरान बाहिरबाट बसमा आउने विद्यार्थीले बसमा यात्रा गर्दा बसमा सहुलियत नपाएको गुनासो समाधान गर्न जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गर्न सुरु गरेका छौँ ।
क्याम्पस भित्रका समस्याहरू समाधान गर्न तपाईँको प्यानल सँग कस्ता उपायहरू छन् ?
क्यापसका भौतिक एवम् शैक्षिक समस्याहरू क्याम्पस प्रशासन सँग सम्बन्धित छन् । हरेक समस्याका समाधानका लागी प्रशासन सँगको निरन्तर समन्वय, दबाब र खबरदारी गर्दै विद्यार्थीहरुसँग एकता गर्दै अगाडी बढ्ने छौँ ।
विद्यार्थीहरूले तपाँईहरुको क्रान्तिकारीलाई किन भोट हाल्ने आर्थिक पारदर्शीता र जवाफदेहिता र विद्यार्थी एकताका, समावेशीता, बैज्ञानिक र सिपयुक्त शिक्षाका लागि क्रान्तिकारीमा भोट क्रान्तिकारीले कुनै स्वार्थ र दम्भ नराखी विद्यार्थीको पक्षमा कार्य गर्ने छ ।
क्रान्तिकारीलाई स्ववियुमा जितेपछि एकल सङ्गठनको रुपमा मात्र होइन, सबै विद्यार्थीको साझा,समावेशी र व्यवस्थित स्ववियु बनाउने प्रतिबद्धता गर्दछौँ । शैक्षिक केन्द्र महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर व्यवस्थित गर्दै व्यवस्थित र सुरक्षित भौतिक पूर्वाधार निर्माणमा समेत पहल गर्नेछ ।तपाईँहरूका एजेण्डा कसरी विद्यार्थीहरू माझ पुर्याउदै हुनुहुन्छ ?
विद्यार्थीहरुसँग हाम्रो एजेण्डा सहितको प्रतिवद्धताहरु ४ हजार ४८४ विद्यार्थीमाझ पुर्याउन व्यक्तिगत रूपमै भेटघाट गर्ने, फोनबाट जानकारी गराउने, फेसबुक पेजबाट जानकारी गराउने, ह्वाट्स्एप ग्रुपमार्फत पनि सम्पर्कमा रहेर जानकारी आदानप्रदान गर्दैछौं ।स्ववियु निर्वाचनमा क्याम्पस प्रशासनले कसरी कार्य गरिरहेको छ ?
क्याम्पस प्रशासन शान्तिपूर्ण तवरले निर्वाचन गर्न लागी परेको महसुस गरेका छौँ । विद्यार्थीलाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने, अन्य आवश्यक तयारी गरिरहेको पाएका छौँ । सबै सङ्गठनहरू सँग समन्वय गर्दै सौहार्दपुर्ण वातावरणमा निर्वाचन गराउन लागि परेको अनुभव गरेका छौं ।https://www.youtube.com/watch?v=haUzoflYrxw