यही फागुन २९ गतेबाट प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएकाछन । अन्जिलाको जिवन संघर्ष र सफलतालाई सफल निर्देशक मिलन चाम्सले चलचित्रको पर्दामा गज्जबले प्रस्तुत गरेकाछन ।
यही सफलता संगै उत्कृष्ट व्यापार गरेको चलचित्रको तीन दिने ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो चलचित्रले बिहीबार शुक्रवार र शनिवार गरी २ करोड ७ लाख व्यापार गरेको हो ।चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए ।
रिलिजको पहिलो दिनदेखि नै यस चलचित्रले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ । रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो सुरु भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि चलचित्रलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।
। चलचित्र हेरिरहदा कसैको बायोपिक हेरेजस्तो कही कतै पिटिक्कै लाग्दैन, चलचित्रमा बायोपिक भुमिकामा एक सफल फुटबल खेलाडीले अभिनय गरिरहेको जस्तै लाग्दैन लाग्छ कुनै स्टार कलाकारले अभिनय गर्दैछ । यस अघी पनि दुई वटा बायोपिक निर्माण निर्देशन गरिसकेका निर्देशक चाम्सले चलचित्र ‘अन्जिला’लाई बायोपिक को भान हुन दिएकाछैन एक खेलाडीलाई प्रोफेशनल कलाकारलाई भन्दा गज्जव अभिनय गराएकाछन यो उनको निर्देशकिय खुवी हो । मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइण्ड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बारेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ ।
पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धर धरी आशु नझर्नेमा कुनै संका छैन ।चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।