यही फागुन २९ गतेबाट प्रदर्शनमा आएको नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएकाछन । अन्जिलाको जिवन संघर्ष र सफलतालाई सफल निर्देशक मिलन चाम्सले चलचित्रको पर्दामा गज्जबले प्रस्तुत गरेकाछन
। चलचित्र हेरिरहदा कसैको बायोपिक हेरेजस्तो कही कतै पिटिक्कै लाग्दैन, चलचित्रमा बायोपिक भुमिकामा एक सफल फुटबल खेलाडीले अभिनय गरिरहेको जस्तै लाग्दैन लाग्छ कुनै स्टार कलाकारले अभिनय गर्दैछ । यस अघी पनि दुई वटा बायोपिक निर्माण निर्देशन गरिसकेका निर्देशक चाम्सले चलचित्र ‘अन्जिला’लाई बायोपिक को भान हुन दिएकाछैन एक खेलाडीलाई प्रोफेशनल कलाकारलाई भन्दा गज्जव अभिनय गराएकाछन यो उनको निर्देशकिय खुवी हो ।
हरेक खेलाडीले आफुले लगाउने जर्सी नम्बर आफ्नो आइडल खेलाडी अथवा क्लब, कोचले उपलब्ध गराए अनुसार लगाउछन । तर नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाले भने जर्सी नम्बर ‘१६’रोज्नुको बडा अनौठो रहेछ । अन्जिलाले जर्सी नम्बर १६ रोज्नु कारण भने प्रदर्शनरत चलचित्र ‘अन्जिला’ले खुलाइदिएको छ । हाल सफलतालाई हेर्दा सजिलै यो स्थानमा आएको अनुभव भएपनी अन्जिलाको वाल्य अवस्थाको दु:ख र संघर्षलाई पर्दामा हेर्दा सबैको आसु झर्छ कसैले आसु रोक्नै सक्दैनन । पारिवारिक वेमेल, आर्थिक संकट अनी छोरी हुदा घर समाजले हेरेन दृष्टिको बाबजुत फुटबल खेल्ने आफ्नो सपना पुरा गर्न आफ्नो आमाको भरपुर साथ, आट र भरोसाले ईलाम आइतबारेबाट सपना को शहर काठमाण्डौ प्रस्थान गरेको दिन बैशाख १६ गतेको दिन भएकै कारण अन्जिलाले आफुले लगाउने जर्सीको नम्बर ‘१६’ रोजेको चलचित्रले खुलाएको छ ।
मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बारेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ । पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धर धरी आशु नझर्नेमा कुनै संका छैन ।
चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।