नेकपा एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत सङ्घसंस्थाको नेतृत्व तहमा रहनुभएको छ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो।

नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो।पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका ६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहनुभएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।