धरान–१५ का दुई सुन व्यवसायीदाजु भाईद्वय युवराज शङ्कर र मिलन शङ्करले आफ्ना दिवङ्गत पिता सुरज शंकरको वार्षिक पुण्य तिथिको अवसर पारेर अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष विश्वकर्मा कल्याण सेवा समिति धरानको लागि स्थापना गरिएको हो । शंकर दाजुभाइले बिहीबार ५१ हजार रुपयाको अक्षयकोष स्थापना गरेका छन् । छोरा मिलन शङ्करका अनुसार दिवङ्गत पिता सुरज शंकरको नाममा यसअघि ५ हजार १ सय रुपैयाँ अक्षयकोष राखिएको र वार्षिक पुण्य तिथीका अवसरमा ४५ हजार रुपैयाँ ९ सय थप गरी ५१ हजार पु¥याइएको छ ।
नेपाली काँग्रेस कोशी प्रदेश सभा क क्षेत्रीय समिति सुनसरी–१ का सचिव युवराज शङ्करले आउँदा वर्ष पनि अक्षयकोष रकम थप्ने बताए ।
समितिमा आयोजित संक्षिप्त कार्यक्रम बिच छोरा शंकरव्दयले उक्त रकम संस्थालाई हस्तान्तरण गरेका हुन । विश्वकर्मा कल्याण सेवा समितिको लागि स्थापना गरेको अक्षयकोषबाट आउने व्याज संस्थाले निर्णय गरेको कार्यक्रममा खर्च गरिने सम्झौता भएको युवराजले बताए ।