“धरान प्लस टु अरेटरी च्यालेन्ज”को मङ्गलबार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमि फाईनलका लागि छनोट भएका छन।-याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको अडिसनबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.बि.का सृष्टि लुईटेल रहेका छन।
यसैगरी धरान आदर्श बोर्डिङ मा.बि.का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन।
अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान-मेघा हिमालयनका क्याथ्रीन योन्जन,किरातेश्वर मा.बि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा.बि.का स्मृति लिम्बु रहेका छन।सहभागिहरुले “बढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असर” शिर्षकमा बोलेका थिए।बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति म.बि.का शिक्षक टंक भट्टराई थिए।धरान उप-महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो। आहना प्रधानले संचालन गरेको कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठको उपस्थिती थियो।