चर्चित निर्देशक मिलन चाम्सद्वारा निर्देशीत महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अन्जिला’ को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ बोलको गीतमा चलचित्रका सफल अनी चर्चित जोडी दयाहाङ राई र मिरुना मगर देखिएका छन । माघ ११ गतेको लागी प्रदर्शन मिती तोकेको चलचित्र अब फागुन २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अन्जिला’ को पहिलो गीतमा एक साथ देखिएका छन । राजन राज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार चलचित्र प्रचार प्रसारको लागी निर्माण गरिएको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेका छन ।
चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।