धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) द्वारा धरानका १० राजनीतिक दलहरुले बुझाएको ज्ञापन पत्रको बेवास्ता गरेपछी चर्किदै गएिको आन्दोलनका कार्यक्रम अन्तर्गत आज धरान उपमहानगरपालिका घेराउ गरेको छ । बुधवार उच्च अदालत विराटनगरको उत्प्रेषणको परमादेशको सम्मान गर्दै आन्दोलनरत १० राजनैतिक दलहरूले खानेपानी बोर्डमा लगाएको ताला ४ दिन पछि तालाबन्दी कार्यक्रम स्थगित गर्दै खोलिदिएका थिए । खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महशुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दै खानेपानी बोर्ड अध्यक्षको कार्यकक्ष, निर्देशक र आर्थिक प्रशासन सहित धरान ११, १५, १६ को बिल काउन्टरको ताला बुधवार दिउँसो खोलिएको हो । अदालतको आदेश मानेर ताला खोलिएपनी मेयरको एकल निर्णयले धराने जनताहरुलाई गुम्राहमा पारेको भन्दै दलहरुले आज राजनीतिक दलहरु, बिधार्थीहरु, स्थानिय जनताहरु , बिभिन्न संघ संस्थाहरुको उपस्थितीमा नगपालिका घेराउ गरेका हुन ।
खानेपानी महशुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ।शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरेका छन्। कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ।कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो। बल प्रयोगबाट केही घाइते भएका छन्।
आन्दोलन चर्किएपछी मेयर साम्पाङले सुरक्षाकर्मीहरुको घेरामा बसेर सानो हाते माइकबाट सम्बोधन गर्दै सबै राजनीतिक दलहरुको प्रतिनिधि हुने गरी आइतबार बिहान ११ बजे वार्ता र छलफलका लागी बोलाएका छन । उनले जम्मा ३० सेकेन्ड सम्बोधन गरेका छन । स्थिति हिंसात्मक र असामान्य हुनसक्ने भएपछि सशस्त्र र जनपद प्रहरीका डिएसपीद्वययले समन्वय गरेर मेयर साम्पाङलाई सम्बोधन गर्न आग्रह गरेपछी सम्पाङले सम्बोधन गरेका हुन । मेयरको सम्बोधन पछी नेपाली काङ्रेसका नगर सभापाती श्याम पोखरेलले मेयरको सम्बोधन कस्तो खालको हो भने दलहरुको बैठक बसेर समिक्षा गरिने र त्यो बेला शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । साथइ असार मसान्त सम्मको दर रेट नल्याएसम्म आन्दोलन निरन्तर रहने उनको दावी छ ।
Photos : Pratit Rai