धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको हिबिस्कस क्विज मेनिया(हाजिरी जवाफ प्रतियोगिता), सिजन-२ को सनिवार भएको फाईनलमा नेपाल पुलिस स्कुल प्रथम भएको छ।स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा पुलिस स्कुलका योगेस कुमार यादब, ऐसुना राई र हृदय नारायण मण्डलको समूह प्रथम भएको हो। पब्लिक हाईस्कुलका कन्चन खतिवडा, अनुप झा र अभिनास देवको समूह दोश्रो भएको छ। बराहक्षेत्र स्थित जीवन ज्योती मा.बि.का अभ्यास लुइटेल, पुष्पा बिश्वकर्मा र रोसन घिमिरेको समूह तेश्रो भएको छ। त्यस्तै चन्द्र संस्कृत मा.बि. का सुदिप घिमिरे, अनु सिंह र सृजन खतिवडाको समूहले चौथो स्थान हासिल गरेको छ। यसैगरी हिमालयन प्लस टु का सम्पन्न सुवेदी, युस्वसी अग्रवाल र जेनिशा श्रेष्ठको समूह पाचौ भएको छ भने सरस्वती मा.बि.का नमिता थापा मगर, प्रताप सिह लिम्बू र बिपन गुरुङले छैटौं स्थान हासिल गरेका छन।
प्रतियोगितामा प्रथम हुने बिद्यालयले नगद १२ हजार, रनिङ कप, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। दोश्रो हुने बिद्यालयले नगद १० हजार,मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ। यसैगरी तेश्रो, चौथो, पाचौ र छैटौ हुने बिद्यालयले क्रमश: नगद ८ हजार, ६ हजार, ४ हजार र २ हजार, ट्रफी र प्रमाण-पत्र प्राप्त गरेको छ।प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप-महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडा, बिशेष अतिथि एन प्याब्सन सुनसरीका अध्यक्ष युवा राई, नेपाल पत्रकार महासङ्घ प्रदेस न १ का सचिव देबेन्द्र कार्की, प्रमुख निर्णायक नउदिप साह, निर्णायक सुरेस रेग्मी लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र बितरण गरे।यो सालबाट बिजेतालाई रनिङ कप प्रदान गरिएको स्कुलका सल्लाहकार पवन झाले जानकारी दिए। सल्लाहकार झाले क्विज मेनिया कार्यक्रमको उद्येस्यमाथी प्रकाश पारे। कार्यक्रमका प्रमुख अतिथि खतिवडाले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका साथै धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न थप टेवा पुग्ने बताए। प्रमुख अतिथि खतिवडाले कार्यक्रमको निरन्तरताको कामना गर्दै आउने बर्ष देखि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताए।
प्रतियोगितामा बराहक्षेत्रबाट १ र धरानका ३० गरि ३१ बिद्यालयले सहभागीता जनाएका थिए। शुक्रवार भएको छनोट चरणबाट सहभागी ३१ मध्ये ६ बिद्यालय उत्कृष्ट ६ मा परेका थिए। प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने स्कुलले जनाएको छ।स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङ्को अध्यक्षतामा भएको कार्यक्रममा भाईस प्रीन्सिपल बिजय सिह थेबेले स्वागत मन्तब्य ब्यक्त गरे। कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरे। कार्यक्रममा आयोजक स्कुलका बिद्यार्थीहरुले नृत्य र गीत समेत प्रस्तुत गरे।