धरान ६ स्थित रणदेवी प्रावि लाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । शैक्षिक सामग्रीहरु उपेक्षित उत्थान सरोकार केन्द्र धरानले प्रदान गरेको हो ।शुक्रबार केन्द्रले धरान उपमहानगरपालिका ६ स्थित रणदेवी आधारभूत विद्यालयका १ सय ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । केन्द्रका अध्यक्ष रेणुका विश्वकर्माका अनुसार ६० हजार रूपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । उनका अनुसार कपि, कलम, अंग्रेजी ग्रामर, पेन्सिललगायतका आवश्यक शैक्षिक सामाग्री वितरण गरेको हो ।कोशी प्रदेशका प्रदेश सभा सदस्य रमेश बस्नेतले शैक्षिक सामाग्री प्रदान गरे । शैक्षिक सामाग्री वितरण कार्यक्रम प्रदेशसभा सदस्य बस्नेतले भने, `रणदेवी विद्यालय स्थापनाकालदेखि नै सामाजिक योगदानमा सञ्चालित हुँदै आएको छ ।´ विद्यालयमा हालसम्म स्थायी दरबन्दी नभएको विषयमा सांसद बस्नेतले भने, `दरबन्दी मिलान, नियमनलगायत सम्पुर्ण अधिकार स्थानीय तहको अधिकार क्षेत्रमा पर्छ ।´ धरान ६ का वडा सदस्य राजेन्द्र न्यौपानेले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गर्दै भने, `उपेक्षित उत्थानसँग वडाले पनि सहकार्य गर्छ ।´ उनले रणदेवी विद्यालयलाई वडा कार्यालयले पनि सहयोग गरिरहेको बताए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक कुलबहादुर खनालले स्थापनाकालदेखि नै सामाजिक रुपमा सञ्चालित विद्यलायमा हालसम्म सरकारले एउटा पनि स्थायी दरबन्दी नदिनु दुखद् भएको बताए । उनले ग्रामिण क्षेत्रका विपन्न परिवारका छोराछोरी अध्ययन गर्ने विद्यालयलाई सरकारले पनि बेवास्ता गरेको बताए । कार्यक्रममा केन्द्रका बरिस्ठ सल्लाहकार लालबहादुर विश्वकर्माले संस्थाको श्लोगनअनुसार नै काम गरिरहेकाे बताए । संस्थाको श्लोगन सक्छौ `सहयोग गर, सक्दैनौ विरोध नगर आफूले कमाएको सम्पत्तिको केही अंश र बचेको केही समयलाई समाजसेपरवामा समर्पित गरौँ।´ सल्लाहकार विश्वकर्माले भने, `गैरसरकारी संस्था व्यक्तिकाे स्वार्थमा काम गर्छन् भन्ने आम बुझाई छ । उनले थपे, `अझ एनजीओले फण्डिङ कार्यक्रम गर्ने गरेका छन् तर केन्द्रले स्थापनाकालदेखि नै संस्थाले आफ्नो खर्चमा सामाजिक काम गरिरहेको छ ।´
विद्यालयका प्रधानाध्यापक युवराज थापाले विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा खुसि व्यक्त गरे । कार्यक्रममा संस्थाका शुभेच्छुक खेम विश्वकर्मा, शुभद्रा विश्वकर्मा, अम्बिका विश्वकर्माको उपस्थिति रहेको थियो । केन्द्रका कोषाध्यक्ष शिवराज विश्वकर्मा, सहसचिव अनन्तमान रम्तेल, सदस्य यादव प्रसाद लामिछाने, रिनिता राई, प्रमेश विश्वकर्मा, एलिन कोइरालाको उपस्थिति रहेको अध्यक्ष रेणुकाले बताइन् । यस्तै विद्यलायका शिक्षक दमयन्ती कार्की, चम्पा बस्नेत, कल्पना थापा, सहदेव बिष्ट, नीता विश्वकर्मा र जानुका राईले शैक्षिक सामाग्री वितरण गरेका थिए ।