धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ)ले देशका राष्ट्रपती चन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो आफ्नो कार्यकक्षबाट हटाएर बिहीबारदेखि प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने बताएका छन । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा बुधवार राती एक स्टाटस पोस्ट गर्दै यस्तो लेखेका हुन । उनले लेखेका छन ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’बुधबारनै उनको अर्को पोस्टमा ‘धरान नेपालभित्रै पर्ने भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गर्न भ्याएका थिए । स्वतन्त्रबाट निर्वाचित भएका साम्पाङले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको आरोप लाउदै आएका छन् ।