धरान उप महानगरपालिकाका उप मेयर कोषबाट धरान १७ स्थित एन्फा एकेडेमी र सप्तरङी पार्क प्रबेश गर्ने प्रबेशद्वारा गेट निर्माण सम्पन्न भएको केही महिना पछी बिधिवत रुपमा बुधबार रिबन काटेर उदघाटन गरिएकोछ । गेटको उदघाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष पंकज बिक्रम नेम्बाङ , महासचिव किरण राई, कोशी प्रदेश अध्यक्ष किशोर राई लगायत एन्फाका पदाधीकारीहरुले संयुक्त रुपमा रिबन काटेर उदघाटन गरेकाछन । गेट बनाउन उपमेयर कोषबाट विनियोजित ६ लाख बजेट बिनियोजन भएपनी ४ लाख ६५ हजार रुपैयामा निर्माण सम्पन्न भएको एन्फा कोशी प्रदेश अध्यक्ष किसोर राईले जानकारी दिए ।उद्घाटन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रमुख अतिथि एवं एन्फा केन्द्रीय अध्यक्ष नेम्बाङले धरानलाई फुटबलको उर्बर भुमिकोरुपमा परिचित रहेको र प्रतिभावान खेलाडी उत्पादन गर्ने सहरकोरुपमा रहेको बताए ।
एन्फा र सप्तरङी पार्क नजिकै रहेकोछ । हाल प्रयोगबिहिन भएको सप्तरङी पार्कलाई खेलकुद पार्क बनाउने एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले जानकारी दिए । उनले धरान खेलकुदको उर्बर भुमी र इतहिास बोकेको सहर भएकोले सप्तरंगी पार्कलाई खेलकुद पार्कमा रुपान्तरण गर्न पहल गर्ने पनि बताए । ‘सप्तरंगी पार्कलाई धरान खेलकुद पार्कमा रुपान्तरण गरेपछी जिविकोपार्जन गर्ने वातावरण बन्ने राईको दावी छ । पार्कमा खेलकुदका हस्तीहरुको सालिक र उनीहरुको जिवनी राखेर धरानलाई खेलकुद पर्यटनको हबमा परिणत गर्ने योजना रहेको राईले सुनाए । आउने बर्षमा एन्फा मार्गमा आवश्यक पर्ने रात्रीकालिन बत्ति र फुलको बगैचा पनि बनाउने बताए ।