सहारा नेपाल साकोस लिमिटेड सेवा केन्द्र धरान सुनसरीले बिपन्न सदस्यको कर्जा सुरक्षण अन्तर्गत शत प्रतिशत ऋण मिनाहा गरिदिएको छ । यस धरान सेवाकेन्द्रबाट ३ लाख रुपैयाँ ऋण लिएर कृषि क्षेत्रमा लगानी गरी आम्दानी गर्दै आएकी धरान १७ का शेयर सदस्य भुला रत्न राईको असामयिक निधन भएपछी उनले लिएको ऋण तीन लाख रुपैया अब उसको परिवारले तिर्न नपर्ने गरी ऋण मिनाह गरेको सहारा नेपाल साकोस लिमिटेड सेवा केन्द्र धरानकी प्रमुख प्रमिला अर्यालले जानकारी दिएकीछिन । धरान प्रमुख अर्यालको अध्यक्षता र सहयोग उपसमिति संयोजक धरानका हरिनारायण बास्कोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरिएको थियो । कार्यक्रममा संस्थाको ऋण मिनाह र रकम हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत सेवा केन्द्रले सदस्यहरूलाई संस्थाको बारेमा परिचय र वर्तमान अवस्थाको बारेमा धरान प्रमुख अर्यालले जानकारी गराएकी हुन । कार्यक्रममा अर्यालले संस्थालाई सदस्यहरूले सहयोग गरेको र संस्थाले आत्मनिर्भर बनाउँदै उद्यमशील महिला विकासमा सहारा नेपाल काे भूमिकाका र संस्थाको थप सेवा सुविधा बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रमका प्रमुख आतिथी हरिनारायण बास्कोटाले संस्थाले सधैंभरि योग्य र सक्षम सदस्य सधैंभरि संस्थाले खोजिरहेको र सदैव सदस्य र संस्थाको सम्बन्ध सहकार्य गरेरमात्र अगाडि बढ्ने जानकारी बताए । यसैगरी अर्का वक्त्ता सहयोग उप समिति सदस्य डिल्लीराम गौतमले संस्था र सदस्यबीचको सम्बन्ध हाड र मासुको जस्तै बलियो हुनुपर्छ अनि मात्र संस्था दिगोपन हुने धारणा राखे । ऋण मिनाहा कार्यक्रममा २० जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा सेवा केन्द्र ३जना कर्मचारीले सहजीकरण गरेका थिए । कार्यक्रमको सञ्चालन डेबिट बानियाले गरेका थिए भने सप्तरङ्गी सहारा महिला समूह समूह नम्बर १३ कि अध्यक्ष सबिना बम्जनले संस्थालाई धन्यवाद ज्ञापन गरेको थिइन । उनले आगामी दिनमा समाज र सहारा नेपाललाई सँगसँगै लैजाने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।