Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदेश प्रहरी अस्पताल रातारात सारेर सुनसरीको इनरुवामा

बेलबारी ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सारेर सुनसरीको इनरुवामा लगिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर २८ गते १०:३४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार, स्वास्थ्य
0
प्रदेश प्रहरी अस्पताल रातारात सारेर सुनसरीको इनरुवामा
79
SHARES
Share on FacebookShare on Twitter

बेलबारी ३ मा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सारेर सुनसरीको इनरुवामा लगिएको छ । ९ महिना अघी मात्र संचालनमा आएको १५ सैयाको प्रहरी अस्पातल ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरी प्रदेशस्तरीय प्रहरी अस्पताल इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा लगेको हो । नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारी सञ्चालित अस्पताल २०७९ फागुन १० गते आइजीपि धिरज प्रताव सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । यहाँ दैनिक ३० जनासम्म ओपीडिमा विरामी आउने गरेको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी रहेको थियो । अस्पातलमा ९ औं तहका एमडिजिपी गरेका डाक्टर डिएसपी, दुई जना मेडिकल अफिसर र स्वास्थ्यकर्मी बसेर अस्पतालमा सेवा दिदै आएका थिए ।

जनप्रतिनधी, राजनैतिक दल र स्थानीयलाई जानकारी नदिकन प्रहरीले एक्कासि अस्पताल सारेर सुनसरी लगेपछि यहाँका स्थानीय आक्रोसित बनेका छन् । बुधबार बेलबारी नगरपालिकाले प्रदेश अस्पताल अगाडी पत्रकार सम्मेलन गरी प्रदेश प्रहरी अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने माग राखेका छन् । त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, बेलबारी नगरपालिकाका उपमेयर नितु थापा, उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिकर्मीको टोलीसहितको उपस्थीतिमा अस्पताल सार्ने निर्णाय सच्याइ याथास्थानमा प्रदेश अस्पताल हुनुपर्ने उनीहरुको माग छ ।

 अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले बताइन् । ‘प्रदेश प्रहरी अस्पतालको लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट बिनायोजन गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि पनि १० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको थियो । यसरी अस्पतालको लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको थियो । तर, हामीलाई कुनै जानकारी बेगार यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुनेछैन,’ उनले भनिन्, ‘हामीले १० करोड बढी लगानी गरेर बेलबारी ४ बुधबारेमा प्रदेश अस्पतालको लागि सुविधा सम्पन्न भौतिक संरचना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । भौतिक सरंचाना सुविधा सम्पन्न ठाउँमा लैजाने तयारी गरिएको थियो । यसरी रातारातबन्दै प्रदेश प्रहरी अस्पताल सारिनु लगत छ । यो तत्काल साविकको स्थानमा हुनुपर्दछ ।’

नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चिकित्सकको आवासको व्यवस्थापन,अस्पतालको रंगरोगन, अपतालमा एयर कण्डिसन एक थान एसी पनि जडान गरिएको उनले बताइन् ।पत्रकार सम्मेलनमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बेलबारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताए । ‘त्यसको लागि पहल र मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने काम पनि भइको छ,’ उनले भने ।अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकारसमक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिने सहमति जनाएका थिए । ‘मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल संचालन गर्न प्रस्ताव समेत गरिएको थियो । तर उहाँहरूले सल्लाह नै नगरी रातारात भाग्नुभएछ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । यता डिआइजी बास्तोलाले प्रदेशभित्रै अस्पताल सारिएको बताए । ‘अन्तर प्रदेशमा सारिएको होइन् । यही प्रदेशको अर्को जिल्लामा सारिएको हो,’ उनले भने, ‘साँघुरो संरचना र पुरानो भवनबाट सेवा प्रवाह समस्या भएपछि प्रहरी प्रधान कार्यालयबाट निर्देशन बमोजिम अस्पताल सारिएको हो ।’

 फोटो : नरेन्द्र बस्नेत  Betana Times

Previous Post

धरानमा तिनदिने आधारभुत पत्रकारिता तालिम सुरु

Next Post

धरानका दर्शकले ‘दुई कदम’ रुचाए (भिडियो )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist