धरानमा तिनदिने आधारभुत पत्रकारिता तालिम सुरुभएको छ । धरानमा रहेर डिजिटल मिडिया संचालन गरिरहेका मिडियाकर्मीहरुको छाता संगठन अनलाइन मिडिया एसोसिएसन नेपालको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा आधारभुत पत्रकारीता तालिम शुरु भएको हो । बुधवारबाट सुरु भएको तालिम तिनदिनसम्म दैनिक ३ घण्टा हुने एसोसिएसनका सचिव अशोक विश्वकर्माले जानकारी दिए । तालिम धरान १० स्थित किरात याक्थुङ चुम्लुङको भवनमा भैरहेको छ । पछिल्लो समय डिजिटल अनलाइन पत्रकारितामा आकर्षण बढिरहेको अवस्थामा त्यसलाई थप व्यावस्थापन गर्न र पत्रकारीतासम्बन्धि आचारसंहिता समेतको ज्ञान दिने उदेश्यले यस पत्रकारीता तालिम संचालन गरिएको कुरा एसोसिएसनका अध्यक्ष स्वर्णिमहाङ लिम्बुले जानकारी दिए । धेरै युवाहरुको पत्रकारीतामा आकर्षण बढेपनी पत्रकारिता सम्बन्धी ज्ञानहुनेहरुको धेरै देखिएकोले पनि उनिहरुलाई प्रोत्साहन गर्नको लागी यो तालिम आबश्यक रहेको लिम्बुको दावी छ ।
तालिमलाई अग्रज पत्रकार गोपाल देवानले सहजीकरण गरिरहेकाछन । त्यसैगरी दोस्रो दिन साइबर प्रशिक्षण सम्बन्धि कक्षा भने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक निर्मल तामाङले सहजीकरण गर्ने छन । तालिमकै दौरानमा अर्का अग्रज पत्रकार हर्ष सुब्बाले लामो समय सम्मको आफ्नो पत्रकारिता सम्बन्धी अनुभव आदानप्रदान गर्नेछन । तालिमको अन्तिम अर्थात तेस्रो दिन डिजिटल मिडिया सम्बन्धि प्रशिक्षणको लागि चर्चित पोडकास्टर मिडियाकर्मी विश्व लिम्बु आउने सचिव बिश्वकर्माले बताए । तालिममा जम्मा ३५ जना सहभागी रहेकाछन ।