गत असोज १२ गते जनकपुरधाममा भएको गौ हत्या विरोध कार्यक्रमममा उत्तेजित अभिव्यक्ति दिएका सुनसरीका हिन्दू धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भए संगै सुनसरीका धार्मिक संस्थाहरु बिरोधमा उत्रिएका छन । श्रीनिवासले नाङ्गो खुकुरी देखाउदै गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय धनुषामा श्रीनिवासविरुद्ध बिहीबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ।

यता श्रीनिवासलाई कानुनविपरीत पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न सुनसरीका धार्मिक सङ्घसंस्थाले माग गरेका छन् । उनको रिहाइको लागी धरानस्थित विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति, विजयपुर अध्यात्मिक मञ्च, हिन्दू जागरण नेपाल सुनसरी, सनातन धर्म संरक्षण तथा जागरण समिति, ॐ कार परिवारलगायतका धार्मिक संस्थाले आचार्य श्रीनिवासको ससम्मान रिहाइको माग गरेका हुन् ।प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक संघसंस्थाले हिन्दू धर्ममाथि प्रहार गर्नेहरूलाई कानूनी कार्वाही गर्नसमेत माग गरेका छन् । आचार्यलाई रिहा नगरिए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।