धरान – ८ स्थित लाङ्घाली चौकमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन । आज बिहान ५ः४५ बजे धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको ट्रक र इटहरी तर्फबाट आएको प्रदेश १(०२(०४५ प ३७४ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरानले जानकारी दिएको छ । स्कुटरमा सवार इटहरीका दुइजना गम्भीर घाइते भएका थिए भने स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा स्कुटर चालक इटहरी ९ का आशबहादुर राई र स्कुटरमा सवार धनकुटा साँगुरीगढी -९ का टेकबहादुर राई गम्भिर घाइते भई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको प्रहरीले जनाएको छ ।