चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।२२ वर्षकी विष्टलाई हिजो मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम सर्पले टोकेको थियो । उहाँले गए राति छोरीलाई जन्म दिनुभयो । सुत्केरीको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल लगेकोमा आज बुधवार बिहान ज्यान गएको हो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण विष्टको ज्यान गएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । शिशुको पनि अवस्था गम्भीर छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि सर्पले टोकेपछि गए राति नै जन्म भएकाे थियो ।गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो ।