नेपाल सरकारले जग्गा कित्ताकाटमा लगाउँदै आएको रोक्का हटाएको छ। अर्थतन्त्रमा माग शिथिल भएका कारण चिन्तित सरकारले त्यसको सम्बोधन गर्न रोक्का हटाएको हो । जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोल्ने भन्दै आएको सरकारले आफ्नो नीति फेर्दै वर्गीकरण गर्न नभ्याइएको ठाउँमा कित्ताकाटको जटिलता फुकाउने निर्णय गरेको बताएको छ। झन्डै १५ महिनाअगाडि अघिल्लो वर्षको जेठमा सरकारले भू उपयोगसम्बन्धी नियमावली ल्याएर स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्न अनुमति दिएको थियो।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।