Monday, April 13, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८० शुभारम्भ

हंगामा खबर by हंगामा खबर
२०८० असार १९ गते १६:१७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८० शुभारम्भ
46
SHARES
Share on FacebookShare on Twitter

सडक दुर्घटना न्युनिकरणको लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा बिराटनगरमा आयोजना गरिएको ट्राफिक सप्ताह कार्यक्रममा बिराटनगरको बसपार्कबाट प्रभात फेरी र्‍याली शुरु भई महेन्द्रचोक हुँदै बिराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना गरी ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । आजैका दिनबाट एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले समेत बिशेष कार्यक्रमहरुको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सडक दुर्घटना न्युनिकरणका लागि एक हप्ता सम्म बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्नेछन् ।

ट्राफिक सप्ताह कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री कार्कीले बेलुन उडाएर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरणमा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई मनै देखी धन्यबाद दिदै ट्राफिक ब्यबस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । साथै वहाँले सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीको प्रयोजानार्थ प्रदेश सरकारको तर्फबाट बिभिन्न किसिमका ट्राफिक ब्यबस्थापनका सामग्रीहरु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरक्षक राजेशनाथ बास्तोलालाई हस्तान्तरण गर्नु भएको थियो । सोही कार्यक्रममा ट्राफिक नियमको पालना गरी सुरक्षित र मर्यादित तरिकाले लामो समय सम्म सवारी साधन चलाउने उत्कृष्ट ५ जना सवारी चालकहरुलाई सम्मान समेत गरिएको थियो ।

ADVERTISEMENT

उक्त कार्यक्रममा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक प्रहरीले गरेका उल्लेखनिय कार्यहरुको सम्बन्धमा तयार पारिएको बृतचित्र समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै ट्राफिक सप्ताहको सफलताको शुभकामना दिनुका साथै प्रदेश सरकारबाट प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय गर्दै ट्राफिक प्रहरी सवारी दुर्घटना न्युनिकरणमा लागी पर्ने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेश प्रमुख सचिव डा.दिपक काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुरेश राउत, जिल्ला प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव लगायतले आ-आफ्नो भनाई राख्नु हुँदै ट्राफिक सप्ताह कार्यक्रमले सवारी दुर्घटना न्युनिकरणका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात ब्यबसायीहरु, संचारकर्मीहरु, नागरीक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, बिभिन्न बिद्यालयका बिद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

धरान र इटहरीका मेयर कोही टास्ने कोही उखल्ने

Next Post

रेखाको ‘उपहार’ मा पूजा र रेखालाई निर्देशन गर्दै देउजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist