धरान र इटहरी उपमहानगरपालिका का जनप्रतिनिधीहरुले धरान र इटहरीको सिमा बिबाद अन्त्य गर्ने प्रयास भएपनि असफल भैरहेको बिबादको बिच धरान उप महानगरपालिकाले सिमानामा पुन राखेको वोर्ड इटहरी उपमहानगरपालिकाको नगर प्रहरी सहित आएको टोलिले उखेलिदिएकोछ । धरान उपमहानगरपालिकाले यसअघी पनि धरान र इटहरी बीचको सिमाना भनि तरहरा पानीपियामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको थियो । फेरी धरानले सोमबार बिहान धरानका मेयर हर्कराज राईको निर्देशनमा नगर प्रहरीले पानीपियामा सिमा प्रारम्भ बोर्ड इटहरीले उखेलेर फालेको हो ।
विगत देखि नै धरान र इटहरीको सिमा सेउती खोलालाई मानिदै आएको र सोही अन्तरगत रहदै आएकोमा धरानका नगरप्रमुखले आफु खुशी सिमाको बोड राखेपछि छलफल र सम्वाद गर्ने इटहरीका नगरप्रमुखले आग्रह गर्दै आएपनि छलफल र सम्वादमा नआएकाले बोड हटाइएको इटहरी उपमहानगरपालिका प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । वोड हटाउने कार्यमा इटहरीका जनप्रतिनिधि सहित कर्मचारी नगरप्रहरीहरु पुगेको थिए । वोड हटाउने कार्यका लागि पुगेको इटहरी उपमहानगरपालिका वडा नम्बर २०का वडाध्यक्ष मणीराम श्रेष्ठलेले पनि पटकपटक वार्ता र छलफलबाट सिमा विवाद मिलाउन आग्रह गर्दा समेत धरानका प्रमुख वार्ता र छलफलमा नआएर विवाद भएकाे बताएका छन ।
यता धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले भने जिल्ला समन्वय समितीले पटक पटक समन्वयको लागी बैठकमा बोलाँउदा पनि इटहरीका मेयर नआएको आरोप लगाएका छन । सिमा विवाद चर्किएपछि समाधान गर्न धरानको कार्यपालिका बैठकले सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्ला समन्वय समितिलाई पत्राचारसमेत गरेको थियो । धरान र इटहरीको सिमा क्षेत्र कोशी राजमार्गमा रहेको सेउती पुललाई मानिदै आएको थियो । तर, नेपाल सरकारकै नापी विभागले जारी गरेको नक्सामा पानीपियासम्म धरानको भुभाग उल्लेख छ । नेपाल सरकारले क्षेत्रफलको आधारमा दिने अनुदानमा पनि नापी विभागकै क्षेत्रको आधारमा अनुदान धरान र इटहरीलाई पठाउने गरिएको छ ।